एसिसी महिला प्रिमियर कपअन्तर्गत नेपाल र भुटानबीचको खेलमा क्रिकेट इतिहासकै दुर्लभ दृश्य देखिएको छ। भुटानकी ब्याटर रिट्सी छोडेन पहिलो विकेट गु'मेपछि निर्धारित ९० सेकेन्डभित्र क्रिजमा आइपुग्न नसकेपछि नेपालले ‘टाइम आउट’ को अपिल गरेको थियो।
त्यसपछि अम्पायरले उनलाई आउट घोषणा दिए। आइसिसीको नियमअनुसार विकेट गुमेको ९० सेकेण्डभित्र नयाँ ब्याटर बल सामना गर्न तयार हुनुपर्छ। सोही नियमका आधारमा आउट भएकी रिट्सी अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने तेस्रो तथा महिला टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेलाडी बनेकी छन्।
यद्यपि यो निर्णय नियमअनुसार भए पनि ‘टाइम आउट’ को अपिललाई क्रिकेटमा खेल भावना (Spirit of Cricket) विप'रीत मान्ने धारणा रहँदै आएको छ। सामाजिक सञ्जालमा अहिले धेरै नेपाली समर्थकले नै नेपाली टिमको यो निर्णयको आलोचना गरिरहेका छन ।

No comments:
Post a Comment