महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज भएकाे खेलमा रुवाण्डालाई ३८ रनले पराजित गरेकाे छ । नेपालले दिएकाे १०४ रनकाे लक्ष्य पछ्याएकाे रूवान्डा ६५ रनमा समेटिदा नेपालले ३८ रनकाे जित हासिल गरेकाे छ ।
प्रतियोगितामा रुवान्डा, नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

No comments:
Post a Comment