आज ओमान र नेपाल बिहान ९:३० बाट सुरू हुने Wcl-2 अन्तरगत खेल खेल्दै छन । नेपाल २१ खेलमा १४ अंक सहित तालिका काे पुछार बाट दाेस्राे स्थानमा रहदाँ ओमान भने २५ खेलमा २९ अंक सहित तेस्रो स्थानमा छ । हेड टु हेड नतिजा हेर्दा नेपाल केही पछाडि छ देखिन्छ। हालसम्म यी दुई टिमबीच आठवटा ओडिआईमा भेट भएको छ, जसमा ओमानले पाँच र नेपालले तीन खेलमा मात्र जित निकालेको छ।
नेपाल र ओमानबीच अन्तिमपटक २४ सेप्टेम्बर २०२४ मा भेट भएको थियो, त्यो म्याच वर्षाका कारण रद्द भयो । यसपालि पनि यी दुई टिमबीचको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन काठमाडौंमा वर्षाको सम्भावना छ।

No comments:
Post a Comment